दमाैली, ५ चैत । आँबुखैरेनी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ । नयाँ नेतृत्व चयनका लागि मङ्गलबार भएको मतदानबाट स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) का निशान मगर विजयी भएका छन् ।
उहाँले ९७ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत दुर्गाबहादुर थापाले जानकारी दिए । प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका बोनिस अधिकारीले ६४ मत प्राप्त गरेका छन् । उम्मेदवारी फिर्ता लिएपनि अनेरास्ववियुका रक्षा पोख्रेलको सात मत आएको छ ।
यस्तै सचिवमा अखिल (क्रान्तिकारी) का गङ्गाप्रसाद लामिछाने ९२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका किस्ता श्रेष्ठले ६२ र अनेरास्ववियुका मोनिका खत्रीले १२ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का करुणा गुरुङ ९० मत प्राप्त गरी विजयी भएकी छिन् । प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका अविनास थापाले ५६ र अनेरास्ववियुका आशिष अधिकारीले १८ मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा मेनुका खत्रीले ९२, सुरे नेपालीले ९२ र विज्ञा राना मगरले ८५ मत प्राप्त गरी विजयी भएका छन् ।
निर्वाचनमा दुई सय पाँच मतदाता रहेकामा एक सय ७५ मत खसेको थियो ।