सुनको मूल्य निरन्तर उकालोतिर, आज तोलामा आठ सयले वृद्धि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्य निरन्तर उकालोतिर, आज तोलामा आठ सयले वृद्धि

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०८१, बुधबार

    काठमाडौ, ६ चैत । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार प्रतितोला १ लाख ७५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा ८०० ले बढेर १ लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसैगरी, चाँदीको मूल्य प्रतितोला २ हजार ४५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मंगलबार प्रतितोला २ हजार ५० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।