भोलिबाट एसइइ : तनहुँमा तयारी पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भोलिबाट एसइइ : तनहुँमा तयारी पूरा

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०८१, बुधबार

    दमौली, ६ चैत । भोलि चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तनहुँमा तयारी पूरा भएको छ। परीक्षामा तनहुँबाट छ हजार तीन सय दुई परीक्षार्थी सहभागी हुँदैछन् ।

    तनहुँमा २६ परीक्षा केन्द्र कायम भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख उद्धवराज कट्टेलका अनुसार साधारणतर्फ चार हजार ८ सय ४४, प्राविधिक धारतर्फ एक सय ३३ र ग्रेडवृद्धितर्फ एक हजार तीन सय २५ परीक्षार्थी सहभागी हुनेछन् ।

    प्राविधिक धारतर्फका चार विद्यालयको परीक्षा केन्द्र दमौलीस्थित निर्मल माध्यमिक विद्यालयमा तोकिएको छ ।

    इकाइका अनुसार निर्मल मावि दमौली, जलदेवी मावि भादगाउँ, सत्यवती मावि दमौली, बालमन्दिर मावि दमौली, महर्षी संस्कृत वेदव्यास मावि दमौली, चन्डीदेवी राष्ट्रिय मावि कुमालटारी, क्यामिन मावि कलेस्ती, मिन मावि थर्पु, सरस्वती नमुना मावि खैरेनीटार, खैरेनी मावि खैरेनीटार, जनकल्याण मावि बेलचौतारा, पन्चमुनी मावि दुलेगौंडा, हंस बाहिनी मावि कोत्रे, गाउँफर्काेदय मावि ढोरफिर्दी, जनज्योती मावि भिमाद, धर्म मावि भिमाद, चन्द्रज्योती मावि घिरिङ, शिव सरस्वती मावि ऋषिङ परीक्षा केन्द्र तोकिएको छ ।

    त्यस्तै विष्णु मावि नाहाला, पवित्रा मावि पिप्ले, भानु मावि बन्दिपुर, होरालो शारदा शिक्षा सदन मावि नारेश्वरटार, चोक मावि रामपुरेटार, चन्द्रावती मावि टुहुरेपसल, मित्रता मावि सत्रसय र महेश संस्कृत गुरुकुल विद्यापिठ देवघाट परीक्षा केन्द्र तोकिएको छ । गुरुकुल तर्फ देवघाटमा रहेका महेश संस्कृत गुरुकुल गुरुकुल, वेदवेदाङ्ग संस्कृत गुरुकुल, परमानन्द सस्कृत गुरुकुल, र माँ कल्याणी बैदिक कन्या गुरुकुलका परीक्षार्थी सहभागी हुने जनाइएको छ ।