लागुऔषध मुद्धाका दुई जना तनहुँ कारागारबाटै एसइइ दिँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लागुऔषध मुद्धाका दुई जना तनहुँ कारागारबाटै एसइइ दिँदै

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०८१, शुक्रबार

    दमौली, ८ चैत । लागुऔषध मुद्धामा तनहुँ कारागारमा रहेका दुई जनाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) कारागारबाटै दिएका छन् । नवलपुर बर्दघाट सुस्ता पूर्वको सुनवल नगरपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाका दुई जनाले कारागारबाटै परीक्षा दिएका हुन् ।

    नवलपुरका युवाले ग्रडवृद्धितर्फ तीन वटा विषयको परीक्षा दिएको र आँबुखैरेनीका युवाले नियमितर्फ निर्मल माध्यमिक (खुल्ला विद्यालय) बाट परीक्षा दिएको कारागार तनहुँका प्रमुख नारायण अधिकारीले जानकारी दिए । उनले भने, “दुवै जनाको परीक्षा केन्द्र व्यास नगरपालिका–३ स्थित महर्षि संस्कृत माध्यमिक विद्यालय तोकिएको छ । दुवै जनालाई कारागारबाटै परीक्षा दिने व्यवस्था मिलाएका छौ ।”