दमौली, ९ चैत । तनहुँको ऑबुखैरेनी गाउँपालिका-२ एक्लेफॉटस्थित मर्स्याङ्दी नदीमा आज बिहान युवा मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा गोरखाको नौ किलो घर भएका ३० वर्षीय राहुल कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । एक्लेफॉटस्थित ऐना होटलमा काम गर्ने कुमाल चैत ५ गतेदेखि बेपत्ता थिए ।
शसस्त्र प्रहरी बल मनकामना गण भानुका प्रहरी निरीक्षक बसन्त जिसीको नेतृत्वमा खोजतलासी गर्ने क्रममा निजको शव भेटिएको प्रहरीले जनाएको छ ।