भादगाउँ, तालघरे लगायतका ठाउँमा आज पॉच घण्टा विद्युत अवरुद्ध हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    भादगाउँ, तालघरे लगायतका ठाउँमा आज पॉच घण्टा विद्युत अवरुद्ध हुने

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०८१, आईतवार

    दमौली, १० चैत । व्यास नगरपालिकाका विभिन्न ठाउँमा आज आइतबार पॉच घण्टा विद्युत कटौती हुने भएको छ।

    मुग्लिन – पोखरा सडक विस्तार कार्य अन्तर्गत दमौली जोशी पेट्रोल पम्प अगाडि तथा बस पार्क जाने बाटो नजिकको क्रसिङ मालेवगरमा ३३ केभि लाईन तान्ने कार्यका लागि भोर्लेटारचोकदेखि पूर्वका क्षेत्रमा दिउँसो १२ बजेदेखि ५ बजेसम्म विद्युत अवरुद्ध हुन लागेको हो।

    दमौली फिडरबाट आपूर्ति हुने भादगाउँ, गल्वुवेसी, मालेवगर, तालघरे लगायतका स्थानमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ।