कुलमान हटाएको विरोधमा वाइसिएल तनहुँको विरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कुलमान हटाएको विरोधमा वाइसिएल तनहुँको विरोध

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०८१, मंगलवार

    दमौली । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइएको विरोधमा वाइसिएल तनहुँले विरोध जनाएको छ। वाइसिएलले व्यास नगरपालिका-३ स्थित अनसन चौतारीमा कोणसभा गरी विरोध जनाएको हो ।

    कोणसभामा नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र सापकोटाले जनताको हितमा काम गरिरहेका कुलमानलाई हटाएर सरकारले राम्रो काम नगरेको बताए । उनले कुलमानलाई हटाइएको विरोधमा जनताले शसक्त आन्दोलन गर्नुपर्ने उल्लेख गरे ।