चोरी मुद्धामा ६ महिना कैद तोकिएका पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चोरी मुद्धामा ६ महिना कैद तोकिएका पक्राउ

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०८१, बुधबार

    दमौली, १३ चैत । जिल्ला प्रहरी कार्यालय तनहुँले चोरी मुद्धामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका-४ बस्ने १९ वर्षीय कृष्ण भुजेल रहेका छन् ।

    तनहुँ जिल्ला अदालतको लागत नम्बर १५४८ र विसं २०८१।०७।१४ गतेको फैसलाले ६ महिना कैद र दश हजार जरिवाना तोकी फैसला पश्चात फरार रहेका उनलाई मंगलबार निजको घर वतनमा फेला पारी तनहुँ जिल्ला अदालतमा उपस्थित पश्चात कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।