राजावादीले गरे एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राजावादीले गरे एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०८१, शुक्रबार

    काठमाडौ, १५ चैत । राजावादीहरूले नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय तोडफोड गरेका छन्।

    आलोकनगरस्थि एकीकृत समाजवादीको मुख्यालयमा प्रदर्शनकारीहरू पसेर कागजात सडकमा ल्याउनुका साथै कार्यालय तोडफोड गरेको पार्टीका पोलिटब्युरो सदस्य मोहन गौतमले जानकारी दिए।

    ‘प्रदर्शनकारीहरूले पनि पार्टी कार्यालय तोडफोड गरिरहेका छन्। उनीहरूले आगजनीको प्रयास पनि गरेको त्यहाँ रहेका हाम्रा साथीहरूले जानकारी दिएका छन्,’ उनले भने।

    बाक्लो संख्यामा प्रदर्शनकारी रहेकाले प्रहरी प्रमुखलाई स्थिति नियन्त्रणमा लिन आग्रह गरिएको उनले बताए।