काठमाडौ, १७ चैत । काठमाडौं महानगर प्रहरीको टोली निर्मल निवास पुगेर गेटबाटै फर्किएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर गएको महानगर प्रहरीको टोली निर्मल निवासको गेटबाटै फर्किएको हो । उनीहरूलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका हुन् ।
आज (आइतबार) महानगर प्रहरी शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेकोमा काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना पत्र लिएर निर्मल निवास पुगेको थियो ।