नारायणी नदीमा बेपत्ता दिदीभाइको शव भेटियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणी नदीमा बेपत्ता दिदीभाइको शव भेटियो

    खबरपुञ्ज संवाददाता

    २५ चैत्र २०८१, बुधबार

    नवलपुर, २७ चैत । नारायणी नदीमा डुबेर बेपत्ता भएका दिदीभाइको शव भेटिएको छ ।

    पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका उनीहरूको बुधबार सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको हो ।

    सोही ठाउँ बस्ने १३ वर्षीया दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जा नुहाउने क्रममा मंगलबार साँझ उक्त नदीमा डुबेर बेपत्ता भएका थिए । 

    उनीहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुपबहादुर बुढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वप्निलको शव ३५ फिट गहिराइबाट बिहान ११:३० बजे निकालेको हो ।

    यस्तै, दीक्षाको शव ५० फिट गहिराइबाट दिउँसो करिब १२:३० बजे निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।