दमौली, २७ चैत । तनहुँको व्यास नगरपालिका-३ प्रशासनचोकस्थित पिपलको रुखको हॉगो अचानक भॉचिएको छ । प्रशासनचोकमा रहेको नर्सरीको कम्पाउण्डसँगै जोडिएको पिपलको रुखको ठूलो हॉगो बुधबार दिउँसो भॉचिएको हो ।
हॉगो भॉचिदा आसपास मानिस नभएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको छ । कम्पाउण्ड नजिक एउटा मोटरसाइकल पार्किङमा राखिएकाले उक्त मोटरसाइकलमा भने सामान्य क्षति पुगेको छ ।