दमौली, २७ चैत । युवा अभियान्ता सुदीप गफ्फारले बुल्दीखोला सरसफाई अभियानलाई निरन्तरता दिएका छन् । गत वर्षदेखि बुल्दीखोला सरसफाई अभियान थालेका उनले त्यसलाई निरन्तर सञ्चालन गर्दै आएका छन्।
यसैक्रममा बुधबार पनि व्यास-२ स्थित बुल्दीखोलामा उनले सरसफाई गरे । अमरापुरीस्थित घट्टासम्म गरिएको सरसफाइका क्रममा खोलामा सिसाका बोतल, प्याड, प्याम्पर, घरायसी फोहोर, कुखुराका प्वाख, सिरिन्जहरु भेटिएको उनले बताए ।