शिक्षकहरुको माग पूरा गर्न सांसद श्रेष्ठको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    शिक्षकहरुको माग पूरा गर्न सांसद श्रेष्ठको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०८१, बिहीबार

    काठमाडाै, २८ चैत । प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले आन्दोलनरत शिक्षकहरुको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार विज्ञप्ति प्रकाशित गरि
    बारा क्षेत्र नम्बर ४ का सांसद श्रेष्ठले शिक्षकहरुको जायज माग पुरा गर्न सरकारको
    ध्यानाकर्षण गराएका हुन् ।

    ‘अहिले नयाँ शैक्षिक सत्र सुरु गर्ने समय भएको छ । यतिबेला शिक्षकहरु आगामी शैक्षिक सत्रका लागि योजना निर्माण, भर्नालगायतका कामको तयारी लाग्नुपर्ने बेला हो । तर, ९ दिनदेखि हजारौं शिक्षकहरु विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर सडक संघर्षमा छन् । शिक्षा ऐन जारी गर्नुपर्नेशिक्षकहरुको पूरानै माग हो ।’ सांसद श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ‘नेपाल शिक्षक महासंघले यही विषयलाई लिएर यसअधि दुई पटक सडक आन्दोलन गरेको थियो । तत्कालीन सरकारले शिक्षक महासंघसँग सहमति गरेर शिक्षा ऐन जारी गर्ने प्रतिवद्धतासमेत गरेको थियो । तर, दुवैपटक सरकारले सहमति गरेअनुसार शिक्षा ऐन जारी नभएपछि शिक्षकहरु ९ दिनदेखि प्रदुषणयुक्त राजधानीका सडकहरु तताइरहेका छन् ।’

    May be an image of ticket stub and text