मादी नदीमा डुबेर बेपत्ता बालकको शव फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मादी नदीमा डुबेर बेपत्ता बालकको शव फेला

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०८१, शुक्रबार

    दमौली, २९ चैत । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ दमौली निवासी एघार वर्षीय यमन शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

    पौडी खेल्न गएका शाहीलाई बिहीबार शान्तिनगर तल मादी नदीले बगाएको थियो । बेपत्ता शाहीको बिहीबारदेखि नै खोजतलास गरिएकामा शुक्रबार साँझ छाला फ्याक्ट्री नजिक शव भेटिएको प्रनाउ थापाले बताए ।