गीतल प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गीतल प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०८१, आईतवार

    दमौली, ३१ चैत । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले साहित्य क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा चार जना स्रष्टालाई पुरस्कृत सहित सम्मान गरेको हो ।

    प्रतिष्ठानले यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार सरुभक्तलाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशी रु २५ हजार रहेको छ । नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार सरुभक्तलाई प्रदान गरिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । सरुभक्त कार्यक्रममा विशेष कारणवश उपस्थित नभएकाले पछि एक कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिने उनले बताए ।

    यसैगरी नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्मय पुरस्कार भारत कलकताका सत्यप्रकाश तिवारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको रकम रु २५ हजार रहेको छ ।

    गीतल राष्ट्रिय पुरस्कार दैलेखका ओम रिजाललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।

    गीतल प्रतिभा पुरस्कार तनहुँको भिमाद नगरपालिका निवासी नारायणकैलाश सिग्देललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको रकम रु पाँच हजार रहेको छ ।

    यस्तै यस वर्षबाट थालनी गरिएको सरदार यदुनाथ खनाल सम्मान पुरस्कार पूर्वमन्त्री डा. भेषबहादुर थापालाई प्रदान गरिएको छ ।

    उक्त कार्यक्रममा पूर्वमन्त्री डा. भेषबहादुर थापा, साहित्यकारहरु प्रा.डा. जयराज आचार्य, जगतप्रसाद उपाध्याय, प्रा..डा. देवी नेपाल, दामोदर पुडासैनी, डा. बमबहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    मञ्चले विगत सात वर्षदेखि विभिन्न व्यक्तिहरुलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको छ।

    गीतल प्रतिभा पुरस्कारका लागि शिव आर्यको संयोजकत्वमा शोभा सिंह ठकुरी र आकाश अधिकारी सदस्य रहेको समिति गठन गरिएको थियो । गीतल राष्ट्रिय पुरस्कारका लागि पुरु लम्सालको संयोजकत्वमा आकाश अधिकारी र तिला लेकाली सदस्य रहेको समिति गठन गरिएको थियो ।

    नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्मय पुरस्कारका लागि आकाश अधिकारीको संयोजकत्वमा डिल्लीराम मिश्र र प्रा.डा. रमेशचन्द्र अधिकारी सदस्य रहेको समिति गठन गरिएको थियो । क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कारका लागि डिल्लीराम मिश्रको संयोजकत्वमा अमनप्रताप अधिकारी, आकाश अधिकारी, डा. नवराज लम्साल र पुरु लम्साल सदस्य रहेको समिति गठन गरिएको थियो ।