दमाैली, ३१ चैत । बन्दीपुर गाउँपालिका-५ बाहुनभञ्याङमा अलपत्र परेका एक व्यक्तिलाई उद्धार गरिएकाे छ । नामथर समेत भन्न नसक्ने अन्दाजी २८/३० वर्षीय पुरुषलाई इलाका प्रहरी कार्यालय बन्दीपुरकाे नेतृत्वमा उद्धार गरी मानव सेवा आश्रम पाेखरा पठाइएकाे हाे ।
निजसँग पहिचान तथा वतन खुलाउने प्रयास गर्दा समेत खुल्न नसकेपछि आइतबार बन्दीपुर गाउँपालिका, बन्दीपुर अस्पताल तनहुँसँगकाे सहकार्यमा हेम्जास्थित आश्रम हेम्जा पोखरा पठाइएको प्रहरीले जनाएकाे छ।