राप्रपा शुक्लागण्डकी-८ मा नयाँ नेतृत्व
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    राप्रपा शुक्लागण्डकी-८ मा नयाँ नेतृत्व

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०८२, मंगलवार

    दमाैली, २ वैशाख । राप्रपा तनहुँ शुक्लागण्डकी-८ मा नयाँ नेतृत्व चयन भएकाे छ । वडा समितिकाे अधिवेशनबाट चित्रबहादुर प्रधानकाे अध्यक्षतामा २९ सदस्यीय वडा समिति सर्वसम्मत चयन भएकाे हाे ।

    वडा समितिकाे उपाध्यक्षमा चन्द्रकान्त भट्टराई, देवबहादुर महत, हुमबहादुर बानियाँ, सावित्री सुवेदी, सचिवमा रविन्द्र भण्डारी, काेषाध्यक्षमा नारायणप्रसाद भट्टराई चयन भएका छन् ।

    कार्यक्रममा पार्टीका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ, केन्द्रीय सदस्य शंकर खराल, जिल्ला अध्यक्ष विनाेद घर्ती लगायतले मन्तव्य राखेका थिए ।