बार्सिलोना सात वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोना सात वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०८२, बुधबार

    काठमाडौ, ३ वैशाख । स्पेनिस महारथी बार्सिलोना ७ वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । च्याम्पियनन्स लिगको दुई लेगमा समग्रमा ५–३ को जित निकाल्दै बार्सिलोना सन् २०१९ पछि अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

    बार्सिलोनाले सन् २०१९ पछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो । 

    मंगलबार राति डर्टमन्डको मैदानमा सम्पन्न दोस्रो लेगमा घरेलु टिमलाई जीत दिलाउन सेर्होउ गुइरासीले ह्याट्रिक गरे । तर, पहिलो लेगमा व्यहोरेको ४–० को हारका कारण डर्टमन्डले सेमिफाइनल यात्रा भने तय गर्न सकेन । बार्सिलोनाले डर्टमन्डकै खेलाडीबाट एक गोल आत्मघाती उपहार पाएको थियो ।

    लिगको फाइनलमा पुग्न बार्सिलोनाले अब इन्टर मिलान र बायर्न म्युनिखबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

    मंगलबार राति नै भएको खेलमा एस्टन भिल्लाले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हरायो । यद्यपि, समग्रमा ५–४ को जित निकाल्दै पीएसजी नै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा भने पीएसजी ३–१ ले विजयी भएको थियो ।