दमौली, ३ वैशाख । व्यास नगरपालिका-५ का विभिन्न ठाउँमा भोलि बिहीबार चार घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
दमौली फीडर शान्तिनगर – पाटन क्षेत्रको ११ के.भी. लाईनको कन्डक्टर अपग्रेडिङ कार्यका लागि वैशाख ४ गते बिहान ६ बजेदेखि १० बजेसम्म व्यास-५ पाटन , चापाघाट , कन्टार, अलैंचे, चारघरे, टाक्राङ, मानुङ्कोट लगायत स्थानको विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।