शुक्लागण्डकीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई गम्भीर घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८२, बिहीबार

    दमौली, ४ वैशाख । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा बुधबार राति दुई मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–३ कवासेका १९ वर्षीय रोमन लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    दुलेगौडाबाट खैरेनीटारतर्फ आउँदै गरेको लु २४ प २२४७ नम्बरको मोटरसाइकल र खैरेनीटारबाट दुलेगौडा जाँदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाइकल ठोक्किदा लु प्र ०१००१ प ५६६८ नम्बरका चालक लम्सालको मृत्यु भएको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

    दुर्घटनामा लु २४ प २२४७ नम्बरको मोटरसाइकल चालक शुक्लागण्डकी नगरपालिका–४ बस्ने २० वर्षीय सुशान आले र सोही ठाउँका १९ वर्षीय निश्चल गुरुङ गम्भीर घाइते भएका छन् । उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।