प्रधानमन्त्री ओलीले शिलान्यास गरेको भरतपुरको छ लेन सडक ओलीले नै उद्घाटन गर्ने,भोलि चितवन आउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री ओलीले शिलान्यास गरेको भरतपुरको छ लेन सडक ओलीले नै उद्घाटन गर्ने,भोलि चितवन आउँदै

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८२, बिहीबार

    चितवन, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शुक्रबार) चितवन आउने भएका छन । भरतपुरको छ लेन सडक उद्घाटन लगायतका कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली चितवन आउन लागेका हुन । संघीय सरकारको बजेटमा विस्तारको काम सकिएको ६.०८ किमी लामो पुलचोक–गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । ओलीले २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास गरेका थिए ।

    यसअघि गएको चैत २५ गते उद्घाटन गर्ने कार्यक्रम तय भएपनि प्रधानमन्त्री ओली आउन नभ्याएपछि रोकिएको थियो। सडकको उद्घाटन लगायत चितवन–नवलपुरका विभिन्न कार्यक्रममा सहभागी हुन ओली चितवन आउन लागेको संविधानसभा सदस्य कृष्णभक्त पोखरेलले जानकारी दिए ।

    उनका अनुसार प्रधानमन्त्री ओलीले इच्छाकामना गाउँपालिकाकाको प्रशासकीय भवन उद्घाटन र नेकपा (एमाले) भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गर्नेछन । यस्तै प्रधानमन्त्री ओलीले भोलिनै नारायणगढ-बुटवल सडकखण्डको निरीक्षण समेत गर्ने कार्यक्रम रहेको छ । पछिल्लो समय यो सडक निर्माणले पनि गति लिन थालेको छ ।