तनहुँमा विविध कार्यक्रम सहित संविधान दिवस मनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा विविध कार्यक्रम सहित संविधान दिवस मनाइने

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८३, बिहीबार

    तनहुँ १ असाेज । तनहुँमा विविध कार्यक्रम सहित संविधान दिवस मनाइने भएको छ । संविधान दिवस जिल्ला समारोह समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बिहीबार बसेको बैठकले असोज २ र ३ गते दिवसका अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

    जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजालका अनुसार असोज २ र ३ गते सबै सरकारी निकाय, प्रतिष्ठान, सङ्घसंस्थामा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने निर्णय भएको छ । असोज २ र ३ गते सबै सरकारी निकाय, प्रतिष्ठान तथा सङ्घसंस्था, राजनीतिक दलको कार्यालयमा दीपावली गर्ने, असोज २ गते सबै सरकारी कार्यालयमा सरसफाई गर्ने, असोज ३ गते अनसन चौतारीमा झण्डोत्तोलन गर्ने, सोही दिन प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय भएको छ । सोही साँझ अनसन चौतारीमा दीप प्रज्ज्वलनको कार्यक्रम तय भएको छ ।