दमौली, ४ वैशाख । मध्यम आकारको मोटरसाइकल (२५० सीसी-७५० सीसी) क्षमताका बाइक उत्पादनमा विश्व्यापी रूपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको छ ।
पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको हो । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पुऱ्याइने छ । यसको सुरूवाती भेरियन्टको मुल्य ५ लाख ५५ हजार तोकिएको छ ।
सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएस सहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ । यस्तै त्यसमा टाइप सी युएसबी चार्जर हुनेछ भने गियर सुचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ । आधुनिक सुविधा सहित अतुलनीय मुल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । अबदेखि नेपालमा क्लासिक सबै भेरियन्टमा एबीएस उपलब्ध हुनेछ । न्यू क्लासिक ३५० सातवटा आकर्षक रङमा उपलब्ध हुनेछ ।
पाँच भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन् । प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन रहेका छन् । दशकौँदेखि रोयल इनफिल्ड आकर्षक शिल्प, बलियो स्वरूप र शक्तिशाली प्रदर्शनको प्रतीकको रूपमा उभिएको छ । सन् १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ् अनुभवलाई प्रतिनिधित्व गर्दै आएको छ ।