भोर्लेटारचोकको अस्तित्व मेटाउन नपाइने भन्दै जनप्रतिनिधि सहित स्थानीयद्वारा काममा अवरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भोर्लेटारचोकको अस्तित्व मेटाउन नपाइने भन्दै जनप्रतिनिधि सहित स्थानीयद्वारा काममा अवरोध

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०८२, शुक्रबार

    दमौली, ५ वैशाख । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत व्यास नगरपालिका-२ स्थित भोर्लेटारचोकको अस्तित्व मेटाउन नपाइने भन्दै जनप्रतिनिधि सहित स्थानीयवासीले काममा अवरोध गरेका छन् । सडक विस्तारका क्रममा भोर्लेटारचोकको पहिलाकै अस्तित्व कायम गर्न माग सहित व्यास-२ का वडा सदस्य सुरेश वाग्ले, स्थानीय व्यवसायी एवं सर्वसाधारणले शुक्रबार नाराबाजी सहित काममा अवरोध पुर्याएका हुन्।

    सडक विस्तारले यस ठाउँको अस्तित्व नै मेटिने भएकाले अस्तित्व कायम रहने गरी काम अगाडी बढाउन उनीहरुको माग छ। त्यसक्रममा उनीहरुले एडिबीका विरुद्धमा नाराबाजी गरेका थिए ।

    उक्त ठाउँका स्थानीयले सडक मापदण्डभित्रका घरटहरा हटाउन ढिलाई गर्दा दमौली खण्डको काम ढिलाई भएको छ । जसकारण यहॉ धुलाम्य भएर सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।