काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नारायणगढ बुटवल सडकखण्डको शुक्रबार अवलोकन निरीक्षण गरेका छन् ।
चितवनको पूल्चोक गोन्द्राङ्ग सडकखण्डको उद्घाटन गर्न आएका बेला प्रधानमन्त्री ओलीले पूर्वी नवलपरासीको गैंडाकोटमा पुगेर सडक विस्तारको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका छन् ।
११३ किलोमिटर लामो यो सडकखण्ड विस्तारको कामका बारेमा ओलीले सडक आयोजनासँग पछिल्लो प्रगतिका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्री पुग्दा सडक आयोजनाका अधिकारी, चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधीहरुले स्वागत गरेका थिए ।
सडक निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले नारायणगढ बुटवल सडकखण्ड विगतमा नबन्ने अवस्थामा पुगेकोमा अहिले सडक बन्ने अवस्थामा आएको बताए ।