दमौली, ५ वैशाख । भानु नगरपालिका अन्तर्गतका विद्यालयको कक्षा ८ को नतिजा प्रकाशन भएको छ । आधारभूत तह उत्तीर्ण परीक्षा समितिको मिति वैशाख २ गतेको निर्णय अनुसार शैक्षिक सत्र २०८१ को नगरस्तरीय वार्षिक परीक्षा कक्षा ८ को नतिजा प्रकाशन गरिएको हो।
नगरस्तरीय परीक्षा कक्षा ८ मा पॉच सय ८७ विद्यार्थी सहभागी भएकामा ३.६-४.० जीपिए ल्याउने विद्यार्थी संख्या ३३ जना मात्रै छन् । त्यस्तै ३.२-३.६ जीपिए ल्याउने विद्यार्थी संख्या १०४ जना, २.८-३.२ जीपिए ल्याउने विद्यार्थी संख्या १११ जना, २.४-२.८ जीपिए ल्याउने विद्यार्थी संख्या ५४ जना, २.०-२.४ जीपिए ल्याउने विद्यार्थी संख्या ८ जना रहेका छन् । ०.०-१.६ जीपिए ल्याउने विद्यार्थी संख्या २९९ जना र ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थी संख्या १९० जना रहेको नगरपालिकाले जनाएको छ।