अफगानिस्तानसँगको खेल रद्द, नेपाल विश्वकपमा पुग्न असफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अफगानिस्तानसँगको खेल रद्द, नेपाल विश्वकपमा पुग्न असफल

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०८२, शनिबार

    काठमाडौ, ६ वैशाख । आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ।

    शनिबार बिहानदेखि भएको वर्षाका कारण मैदान भिजेका कारण खेल रद्द भएको हो।

    मुलपानी मैदानमा छनोट प्रतियोगिताको अन्तिम खेल शनिबार बिहान साढे ९ बजे हुने तय थियो।

    तर बिहानैदेखि वर्षा भएपछि निर्धारित समयमा खेल सुरू हुन सकेन। वर्षा रोकिए पनि मैदान चिसो भएकाले दिउँसो २ बजेसम्म खेल प्रतिक्षा गरिएको थियो।

    यद्यपि घाम नलागेपछि मैदान सुक्न नपाउँदा खेल नै रद्द गरिएको हो।

    खेल रद्द भएसँगै नेपाल यू-१९ विश्वकपमा पुग्ने अवसर गुमाएको छ। आजको खेलमा अफगानिस्तानलाई हराएर विश्वकपमा पुग्नका लागि नेपाललाई अवसर थियो।