तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाकाे पहिचान खुल्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाकाे पहिचान खुल्याे

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०८२, आईतवार

    दमाैली, ७ वैशाख । डुम्रे–बेंसीसहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा आइतबार माइक्रो र स्कुटर ठोक्किदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।

    डुम्रेतर्फ लमजुङ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रो र विपरित दिशाबाट आउँदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर ठक्कर खाँदा माइक्रोमा सवार एक जना र स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा लमजुङको बेसीसहर नगरपालिका–८ बस्ने ३२ वर्षीया अनिता थापा श्रेष्ठ र मनाङको नार्फु गाउँपालिका–८ बस्ने ४० वर्षीय मन घले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । श्रेष्ठ स्कुटरमा र घले माइक्रोमा सवार थिए ।

    माइक्रोमा सवार व्यक्तिको लमजुङ स्थित नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा र स्कुटरमा सवार महिलाको प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको प्रनाउ थापाको भनाइ छ ।

    दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक बेसीसहर नगरपालिका–८ बस्ने ४१ वर्षीय दीपेन्द्र श्रेष्ठलाई चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

    त्यस्तै दुर्घटनामा माइक्रोमा सवार बेसीसहर नगरपालिका बस्ने १४ वर्षीया पूजा गुरुङ, ओखलढुङ्गा बस्ने ५५ वर्षीय प्रेमबहादुर सुनार, लमजुङको दुधपोखरी गाउँपालिका–५ बस्ने २४ वर्षीया युनिशा गुरुङ, बेसीसहर नगरपालिका–५ बस्ने ६७ वर्षीया राजकुमारी गुरुङ, बेसीसहर नगरपालिका–३ बस्ने ५४ वर्षीय लिलाप्रसाद बसौला, ओखलढुङ बस्ने ३५ वर्षीय अलिश शाही, सोलुखुम्बु बस्ने ३२ वर्षीय कुमारा राई, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ, ओखलढुङ्गा बस्ने ३५ वर्षीय अधिस राई, सोलुखुम्बु बस्ने ३ वर्षीय कुमार राई, गोरखा बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको सिउडीबारस्थित भोटेओडार अस्पतालमा उपचार भइरहेको छ ।

    त्यस्तै बेसीसहर नगरपालिका–२ भकुमथोक बस्ने ७८ वर्षीय कृष्णकुमारी पाण्डे, ४३ वर्षीया तित्थकुमारी थापा, ३२ वर्षीया मनिका गुरुङको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    माइक्रो चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।