दमौली, ७ वैशाख । तनहुँको भानु नगरपालिका-१० कालीमाटीस्थित नेपालडॉडामा आइतबार माइक्रो र स्कुटर ठोक्किदा मृत्यु भएका एक जना मनाङस्थित विद्यालयको प्रधानाध्यापक रहेको खुलेको छ ।
दुर्घटनामा मनाङको नार्फु गाउँपालिका-८ का ४० वर्षीय मन घलेको मृत्यु भएको हो । उनी मनाङस्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।
घले काठमाडौमा जारी शिक्षकहरुको आन्दोलनमा सहभागी भई फर्किदै थिए ।