व्यासका विद्यालयमा भर्ना अभियान सञ्चालन र पठनपाठन सुचारु गराउन सामाजिक अभियान्ता गफ्फारको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका विद्यालयमा भर्ना अभियान सञ्चालन र पठनपाठन सुचारु गराउन सामाजिक अभियान्ता गफ्फारको माग

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०८२, बुधबार

    दमौली, १० वैशाख । सामाजिक अभियान्ता सुदीप गफ्फारले व्यास नगरपालिका अन्तर्गतका विद्यालयमा भर्ना अभियान सञ्चालन र पठनपाठन सुचारु गराउन माग गरेका छन् ।

    बुधबार उपप्रमुख इन्दिरा दरैलाई ज्ञापनपत्र बुझाउँदै गफ्फारले तुरुन्तै भर्ना अभियानलाई व्यापक ढंगले सञ्चालन गरी बन्द विद्यालयहरुलाई पुनःसञ्चालनको दिशामा आवश्यक एवं प्रभावकारी कदम चालेर लाखौं विद्यार्थीहरुको भविष्य सुरक्षित गर्न पहल गरिदिन आग्रह गरेका छन् ।

    ज्ञापनपत्रमा भनिएको छ, ‘हाल देशभर शिक्षक-शिक्षिकाहरु आ-आफ्ना जायज मागहरू लिएर आन्दोलनरत रहँदा सम्पूर्ण शैक्षिक प्रणाली असहज स्थितिमा पुगेको छ। लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्दै गएको छ, जुन अत्यन्तै दुर्भाग्यपूर्ण, चिन्ताजनक तथा राष्ट्रकै समृद्धि र विकासप्रति प्रतिकूल असर पार्ने अवस्था हो।’

    सरकारी विद्यालयहरु बन्द हुँदा विद्यार्थीहरु शिक्षा जस्तो आधारभूत अधिकारबाट वञ्चित भइरहेको बताउँदै गफ्फारले निजी विद्यालयहरू नियमित रूपमा सञ्चालन भइरहँदा सार्वजनिक शिक्षाको विश्वसनीयता र प्रभावकारिता गम्भीर रूपमा प्रश्नवाचक बन्न गएको उल्लेख गरेका छन् । यस्तो अवस्थामा विद्यार्थीहरुको मनोविज्ञानमा गहिरो नकारात्मक असर पर्नुका साथै उनीहरूको शैक्षिक भविष्य अन्धकारतिर धकेलिएको उनको भनाइ छ ।