कश्मीरमा मारिएका सुदीपको शव घर ल्याइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कश्मीरमा मारिएका सुदीपको शव घर ल्याइयो

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०८२, बिहीबार

    काठमाडौ, ११ वैशाख । भारतको जम्मू-काश्मिरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव बुटवलस्थित घरमा ल्याइएको छ। सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको हो।

    बहिनी र ज्वाईं सहित घुम्न भन्दै  कश्मिर गएका सुदिपको मंगलबार आतंककारीहरूको आक्रमणमा परेर मृत्यु भएको थियो। आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन्। सुदिपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए ।