सर्वोच्चले भन्यो: शिक्षकका जायज माग सम्बोधन गर्नु र तीन दिनभित्र फर्काउनु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सर्वोच्चले भन्यो: शिक्षकका जायज माग सम्बोधन गर्नु र तीन दिनभित्र फर्काउनु

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०८२, बिहीबार

    काठमाडाै, ११ वैशाख । सर्वोच्च अदालतले शिक्षक आन्दोलनका कारण देशभरका बालबालिकाको पठनपाठनमा भएको अवरोध तत्काल हटाउन र आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न सरकारलाई आदेश जारी गरेको छ।

    बिहीबार न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले शिक्षक आन्दोलनले विद्यार्थीको शिक्षाको अधिकार हनन भएको ठहर गर्दै तीन दिनभित्र शिक्षकहरूलाई कक्षामा फर्काउने वातावरण बनाउन निर्देशन दिएको हो।

    अदालतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलगायत विपक्षी निकायहरूलाई आन्दोलनरत शिक्षकका संविधानसम्मत माग सम्बोधन गरी नियमित पठनपाठन सुनिश्चित गर्न आदेश दिएको छ।

    साथै, माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा समयमै प्रकाशन गर्न र कक्षा १२ को बोर्ड परीक्षा तोकिएको समयमै सञ्चालन गर्न निर्देशन दिइएको छ।