दमौली, १५ वैशाख । तनहुँको देवघाट गाउँपालिकामा चट्याङ लागेर आइतबार साँझ एक जना घाइते भएका छन् । घाइते हुनेमा देवघाट गाउँपालिका–५ कमलादेवी टोल बस्ने उमेश आले रहेका छन् ।
घाइते थापाको हात र पेटमा चोट लागेको वडाध्यक्ष पूर्णबहादुर कुंवरले जानकारी दिए । घरमै बसिरहेको बेला हावाहुरी सहित परेको चट्याङले निजको घरको विद्युतको मिटरबक्समा समेत क्षति पुगेको छ ।