आँबुखैरेनीको रामशाह माविमा भोलिदेखि नियमित पठनपाठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीको रामशाह माविमा भोलिदेखि नियमित पठनपाठन

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०८२, सोमबार

    दमाैली, १५ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयमा भोलि मङ्गलबारदेखि नियमित पठनपाठन सुरु हुने भएको छ । लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले विद्यालयले भोलिदेखि विद्यालय खोलेर नियमित पठनपाठन सुरु गर्न लागेको हो ।

    कुनै न कुनै रुपमा तनहुँका अधिकांश ठूला विद्यालयहरु सञ्चालन भइसकेको, आँबुखैरेनी गाउँपालिकाको अनुरोध र अभिभावक तथा विद्यार्थीको मागलाई ध्यानमा राखेर पठनपाठन सुचारु गर्न लागिएको विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछानेले जानकारी दिए ।

    विद्यालयले नेपाल शिक्षक महासङ्घको आव्हानमा जारी आन्दोलनको स्वरुप फेर्न आग्रह गरेको छ । “चैत २० गतेदेखि जारी आन्दोलन तथा चैत २५ गतेदेखिको आम हड्ताललाई नैतिक तथा भौतिक समर्थन गर्दै आजसम्म पनि विद्यालयको दह्रो उपस्थिति रहेको छ । तर अब विद्यालय खोलेर पठनपाठनलाई सुचारु गर्नुको विकल्प देखिएन,” लामिछानेले भने ।