बन्दीपुरका विद्यालय खुलाएर पठनपाठन सुचारु गराउन अभियान्ता सुदीपको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरका विद्यालय खुलाएर पठनपाठन सुचारु गराउन अभियान्ता सुदीपको माग

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०८२, सोमबार

    दमौली, १५ वैशाख । सामाजिक अभियान्ता सुदीप गफ्फारले बन्दीपुरका विद्यालय खुलाएर पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाउन गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

    सोमबार गाउँपालिका कार्यालयमा पुगेर गफ्फारले थापालाई ज्ञापनपत्र बुझाएका हुन् ।

    लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने काम गरिएको भन्दै यथासक्य विद्यालय खुल्ने वातावरण बनाउन माग गरिएको छ ।

    गफ्फारले यसअघि व्यास नगरपालिकामा पनि ज्ञापनपत्र बुझाइसकेका छन् ।