खेल संघ नविकरणका लागि खेलकुद विकास समितिको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    खेल संघ नविकरणका लागि खेलकुद विकास समितिको आग्रह

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०८२, सोमबार

    दमौली, १५ वैशाख । जिल्ला खेलकुद विकास समिति तनहुँले खेल संघ नविकरणका लागि आग्रह गरेको छ । संघका अध्यक्ष अनिल पाण्डेले सोमबार विज्ञप्ती जारी गरी खेल संघ नविकरणका लागि १५ दिनको समय दिइएको जानकारी गराएका छन्।

    प्रदेश खेलकुद विकास ऐन -२०७७ तथा गण्डकी प्रदेश खेलकुद विकास नियमावली -२०७८ को अनुसुची १ नियम ६ को उपनियम (३) र नियम ७ को उपनियम (३) वमोजिम यस समितिको कार्यालयमा विभिन्न मितिमा दर्ता भई नविकरण नभएका जिल्ला खेल संघहरुलाई पटक-पटक नविकरणका लागि जानकारी गराउँदा पनि तोकिएको मापदण्ड अनुसार नविकरण गर्न नआएकोले गत पुस २३ गते जिल्ला संघ खारेज गरिएको थियो ।

    तर एक पटकका लागि नविकरण गर्न दिने भन्दै यही वैशाख ११ गतेको निर्णय अनुसार वैशाख मसान्तसम्म म्याद रहने गरी संघ नविकरण गर्न समय उपलब्ध गराउने निर्णय भएको पाण्डेले बताए ।

    नविकरणका लागिसाधारण सभाको निर्णय प्रतिलिपि, कम्तिमा तीन पालिकाको पालिका स्तरीय संघ दर्ताको सिफारिस पत्र, संघको विधान, विकरणको लागि निवेदन र केन्द्र वा प्रदेश संघले साधरण सभा गर्न प्रतिनिधि ताकेको सिफारिस पत्र बुझाउनुपर्नेछ।