ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याग्दीका खमबहादुर गर्बुजा नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याग्दीका खमबहादुर गर्बुजा नियुक्त

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०८२, बुधबार

    काठमाडौ, १७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

    बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राष्ट्रपति पौडेलले राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

    यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए ।