म्याग्देमा विभिन्न योजना माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा विभिन्न योजना माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०८२, बुधबार

    दमौली, २४ वैशाख । म्याग्दे गाउँपालिकाका विभिन्न योजनामा बजेट माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको नेतृत्वमा मंगलबार बालुवाटारमा भेट गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

    म्याग्देको समग्र विकासमा ध्यान दिन आग्रह गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    गाउँपालिकाले विभिन्न योजनामा बजेट माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई समेत ज्ञापनपत्र बुझाएको छ ।