बागलुङमा तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बागलुङमा तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०८२, बुधबार

    बागलुङ, २४ वैशाख । बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।