व्यासका २७ विद्यालयमा प्रधानाध्यापक नियुक्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका २७ विद्यालयमा प्रधानाध्यापक नियुक्ति

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०८२, बुधबार

    दमाैली, २४ वैशाख । व्यास नगरपालिकाभित्रका २७ सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गरिएको छ । व्यास नगरपालिकाले विद्यालय व्यवस्थापन समितिबाट सिफारिस भइ आएका २७ विद्यालयका प्रधानाध्यापकको नियुक्ति अनुमोदन गरेको छ ।

    शिक्षा शाखाको प्रतिवेदन अनुसार अझै केही विद्यालयका प्रधानाध्यापक नियुक्ति प्रक्रिया पूरा हुन बाँकी रहेकाले वैशाख महिनाभित्र प्रधानाध्यापक नियुक्ति प्रक्रियाको सिफारिस गरी पठाउन सम्बन्धित विद्यालय र सो कार्यको सहजीकरण गर्न शिक्षा शाखालाई निर्देशन दिने बुधबारको कार्यपालिकाको बैठकको निर्णय छ ।

    नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले व्यासनगरभित्रका युवाहरुसँग सम्बन्धित यस आर्थिक वर्षका विभिन्न कार्यक्रमहरुको कार्यान्वयन एवं आगामी वर्षका बजेट कार्यक्रमहरु पेश गर्न वडाध्यक्ष जीवन गुरुङको संयोजकत्वमा पाँच सदस्यीय युवा सशक्तीकरण सहजीकरण समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता सुरेश थापाले जानकारी दिए ।

    No description available.