एमाले तनहुँमा सात सदस्य मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँमा सात सदस्य मनोनित

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०८२, बिहीबार

    दमौली, २५ वैशाख । नेकपा एमाले तनहुँमा सात जना सदस्य मनोनित भएका छन् । जिल्ला कमिटीको बुधबार बसेको बैठकले सात जनालाई सदस्यमा मनोनित गरेको हो ।

    मनोनित हुनेमा घिरिङ–१ का नरबहादुर थापा, शुक्लागण्डकी–५ का बाबुराम कार्की, भानु–११ का गोविन्द मिश्र, व्यास–३ का अनिल पाण्डे, बन्दिपुर–५ का काशीनाथ भट्टराई, आबुँ–३ का बासुदेव पुडासैनी र नेकपा एस परित्याग गरि एमालेमा फर्किएका भानु–४ का शंकर रानाभाट रहेका छन् ।