राजावादीहरुले गरे अनिश्चितकालीन आन्दोलनको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राजावादीहरुले गरे अनिश्चितकालीन आन्दोलनको घोषणा

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०८२, बिहीबार

    काठमाडौ, २५ वैशाख । आगामी जेठ १५ गतेदेखि राजावादीहरुले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौंमा ‘जनआन्दोलन घोषणासभा’ आयोजना गरेर आन्दोलन घोषणा गरेको हो । 

    घोषणा सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले भने- ‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिको निम्ति सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ । हाम्रो घोषणा राजनीतिक दलहरुले चाहने हो भने उपरोक्त उद्देश्यहरु सहमति र समझदारीकै आधारमा वर्तमान संविधानकै परिधिबाट हासिल हुन्छ ।’ 

    राजावादीहरुले तीन सुत्रीय माग पनि जारी गरेका छन् । जसमा पहिलो सबै विचारधारा र शक्ति अटाउने संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको स्थापना, दोस्रो सर्वधर्म, समभाव, पूर्ण धर्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्रको स्थापना र तेस्रो केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यताअनुरुप अहिलेको भन्दा बढी अधिकारसम्पन्न स्थानीय सरकार स्थापना गरी दुई तहको सरकार हुनुपर्ने रहेको छ ।