डिपेन्डेन्टमा क्यानडा लैजाने भन्दै २० लाख ठगेर टाप, प्रहरीको फन्दामा परिन् सुजिता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डिपेन्डेन्टमा क्यानडा लैजाने भन्दै २० लाख ठगेर टाप, प्रहरीको फन्दामा परिन् सुजिता

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०८२, बिहीबार

    काठमाडौं, २५ वैशाख। डिपेन्डेन्टमा क्यानडा लैजाने भन्दै लाखौं ठग्ने एक युवती प्रहरी फन्दामा परेकी छन् ।

    दोलखा बैतेश्वर गाउँपालिका-८ घर भई भक्तपुर मध्यपुर थिमि-३ गठ्ठाघर बस्दै आएकी २७ वर्षीया सुजिता अधिकारीलाई प्रहरील पक्राउ गरेको हो ।

    सुजिताले आफू अध्ययनका लागि क्यानडा जान लागेको र भिसा पनि आइसकेको बताउँदै डिपेन्डेन्टमा लैजाने भनेर एक युवकसँग २० लाख लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । एसपी आचार्यका अनुसार पैसा लिएर युवती सम्पर्कविहीन भएपछि पीडितले जाहेरी हालेका थिए ।

    सुजितालाई विहीबार टेकुबाट नियन्त्रणमा लिइएको हो । ती युवतीलाई अपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसूरमा अनुसन्धान थालेर जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको बताइएको छ ।