देवघाटको झोलुङ्गे पुलको लठ्ठामा झुण्डिएका बोटेको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटको झोलुङ्गे पुलको लठ्ठामा झुण्डिएका बोटेको उद्धार

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०८२, बिहीबार

    दमौली, २५ वैशाख ।तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने झोलुङ्गे पुलको लठ्ठामा झुण्डिएका एक व्यक्तिको बिहीबार उद्धार गरिएको छ । पुलको लठ्ठामा झुण्डिएका चितवनको कालिका नगरपालिका-३ पदमपुर बस्ने सागर बोटेको प्रहरीले उद्धार गरेको हो ।

    इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायब निरीक्षक उदयराज पौडेल र सशस्त्र प्रहरी बल, नेपाल १७ नम्बर गण हे.क्वा.चितवनका सशस्त्र प्रहरी नायब निरीक्षक रोशन पौडेलको नेतृत्वमा खटिएको टोलीले उनको उद्धार गरेको जनाइएको छ।