दमाैली, २६ वैशाख । सामाजिक अभियान्ता सुदीप गफ्फारले आफ्नो जन्मदिन व्यास नगरपालिका–१० दुम्सीस्थित गौ संरक्षण तथा सरसफाई व्यवस्थापन समितिमा रहेका गाइहरुलाई चोकर खुवाएर मनाएका छन् ।
जन्मदिनमा फजुल खर्च गर्ने परम्परा तोड्दै उनले गौ संरक्षण समितिमा रहेका गाइहरुलाई चोकर खुवाएर शुक्रबार जन्मदिन मनाएका हुन् । सामाजिक काममा सक्रिय उनले सामाजिक कामलाई नै जन्मदिनसँग जोडेका हुन् ।
उनले भने, “जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गर्दै सबैले केही न केही सामाजिक काम गर्न सक्नुपर्छ ।”
समितिका अध्यक्ष तुलसीराम सापकोटाले विभिन्न व्यक्तिले जन्मदिन, वैवाहिक वर्षगाँठ र सङ्घसंस्थाले अवसर पारेर गर्ने सहयोगले यहाँ रहेका गाइहरुलाई आहारा खुवाउन सहज भएको जानकारी दिए ।