भारत-पाकिस्तान तनाव : भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भारत-पाकिस्तान तनाव : भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८२, शनिबार

    काठमाडौं, २७ वैशाख । भारतका ३२ वटा विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ । भारत-पाकिस्तान लडाइँ सुरु भएसँगै उत्तरी र पश्चिमी भारतका ३२ वटा विमानस्थल बन्द गरिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

    भारतको विमानस्थल प्राधिकरण र सम्बन्धित हवाई निकायहरूले सूचना जारी गर्दै विमानस्थल बन्द गरिएको बताएका छन् ।

    द हिन्दु डटकमका अनुसार यी विमानस्थलहरूबाट हुने सबै नागरिक उडानहरू मे १५ को बिहान ५:२९ बजेसम्मका लागि बन्द हुनेछन् ।

    शनिबार बिहान पाकिस्तानले पनि सबै प्रकारका हवाई उडानका लागि आफ्नो आकाशमार्ग बन्द गरिएको घोषणा गरेको छ । यो बन्द शनिबार अपराह्न ४ बजेसम्मका लागि मात्रै हो ।

    भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’विरुद्ध पाकिस्तानले पनि जवाफी कारबाही सुरु गरेपछि जम्मु-कश्मीको सीमा क्षेत्र तनावग्रस्ता बनेको छ ।