गण्डकी प्रदेशको नाका ऑबुखैरेनीमा लापसे परीक्षण सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    गण्डकी प्रदेशको नाका ऑबुखैरेनीमा लापसे परीक्षण सुरु

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०८२, मंगलवार

    दमौली, ३० वैशाख । गण्डकी प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनीमा मंगलबारदेखि लापसे (लागुपदार्थ सेवन) परीक्षण सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले आँबुखैरेनी–४ बेनीटारमा लापसे परीक्षण सुरु गरेको हो ।

    आँबुखैरेनी गाउँपालिका र आँबुखैरेनी अस्पतालको सहयोगमा लापसे परीक्षण सुरु गरिएको इप्रका आँबुखैरेनीका प्रहरी निरीषक टेकप्रसाद सुवेदीले जानकारी दिए । प्रदेश भित्रिने सवारी साधनका चालकले लागुपदार्थ सेवन गरे नगरेको परीक्षणका लागि यो अभियान सुरु गरिएको उनले बताए । यो अभियानले सवारी दुर्घटना न्यूनीकरणका लागि सघाउने उनको भनाइ छ ।

    “लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुन सक्ने र ज्यानै जाने गरेका छन्, यसलाई नियन्त्रणका लागि यो अभियान प्रभावकारी बनाउँछौ,” उनले भने ।

    लापसे परीक्षण शुभारम्भ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यसहित लापसे परीक्षण सुरु गरिएको बताए ।