बेनीटारबाट लागुऔषध सहित तीन जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    बेनीटारबाट लागुऔषध सहित तीन जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०८२, मंगलवार

    दमौली, ३० वैशाख । आँबुखैरेनी गाउँपालिका-४ बेनिटार स्थित पृथ्वी राजमार्गबाट लागुऔषध सहित मंगलबार तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्ता पश्‍चिम पाल्हीनन्दन गाउँपालिका- १ बस्ने १९ वर्षीय अखिलेश कुमार यादव, सोही गाउँपालिकाको वडा नं. २ बस्ने २२ वर्षीय शिव पत्तरकट र नवलपरासी बर्दघाट सुस्ता पश्‍चिम सरावल गाउँपालिका-२ बस्ने १९ वर्षीय सन्दिप चौहान रहेको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले जनाएको छ ।

    प्रहरीले निजहकरुको साथबाट दुई सय थान डाइजेपाम, दुई सय थान फेनरागन र दुई सय थान नुफिन बरामद गरेको छ ।