दमौली, ३० वैशाख । तनहुँको प्रसिद्ध थानीमाईमा वैशाखको अन्तिम मंगलबार तीन मात्रै फूलको डोली भित्रिएको छ । भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज मंगलबार तीन वटा फूलको डोली भित्रिएको हो ।
अन्तिम मंगलबार सोचे भन्दा कम फूलको डोली भित्रिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले खबरपुञ्जलाई जानकारी दिए ।
मन्दिरमा मंसिर, पुस, फागुन, चैत, वैशाखको प्रत्येक मंगलबार विभिन्न जिल्लाबाट भक्तजन फूलको डोली भित्र्याउन आउने गर्छन् ।